‘सुनिश्चित बाल अधिकार: समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ बाल दिवस मनाइयो

 भदौ २९, २०७६ आइतबार १८:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘सुनिश्चित बाल अधिकार: समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आइतबार राष्ट्रिय बाल दिवस मनाइएको छ । 

विक्रम संवत २०२१ साल भदौ ४ गतेदेखि मनाउन थालिएको राष्ट्रिय बालदिवस विक्रम संवत २०६३ सालदेखि भने भदौ २९ गते मनाउन थालिएको हो । बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सघंसस्थाले आइतबार विभिन्न कार्यक्रम गर्दै बाल दिवस मनाएका छन् । 

यसैबीच काठमाण्डौको कपनमा रहेको बालविकास समाजले वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ । २७ वर्ष अघि बालबालिकाको संरक्षण तथा बाल हिंसा अन्त्य गर्ने उद्देश्यले स्थापना भएको समाजले निःशुल्करुपमा ‘डे केयर’ पनि चलाएको छ । यस्तै मजदुर तथा विपन्न परिवारको लागि निःशुल्क स्वास्थ्य सेवा दिइरहेको छ  । 

त्यस्तै वर्ल्ड भिजन इन्टरनेशनले इँटा भट्टामा रहेर काम गरिरहेका ५५ बालबालिकालाई विभिन्न खालका सामग्री वितरण गरेको छ । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उपमेयर रमा देवी राईले पालिकासँगै मिलेर संस्थाको आडैमा रहेको विद्यालयलाई अझै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । 

समाजका अध्यक्ष सुवास गौतमले आफूहरुले देशकै नमुना संस्था बनेर काम गरिरहेको दावी गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया