बर्दियाका सीडीओ भन्छन् : छाडा पशुले बाटो छेक्दा मन्त्री भट्टराई १० मिनेट ढिला हुनुभएको हो

 भदौ २९, २०७६ आइतबार १८:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जहाज रोकाएर यात्रु कुराएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आलोचना भैरहेको छ।

केहीले भने गालीगलौज हुँदा पनि चुप लागेर बसेको भन्दै मन्त्री भट्टराईको  प्रशंसा गरेका छन् । मन्त्री भट्टराईले पनि आफ्नो कारण १५ मिनेट ढिलो भएको भन्दै सामाजिक सन्जालमार्फत माफी मागिसक्नुभएको छ ।

यसैबीच बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मन्त्री एअरपोर्ट ढिलो पुग्नुमा सडकका छाडा पशु चौपायाको अवरोध पनि कारण रहेको बताउनुभएको छ ।

उहाँले हुलाकी सडक छलेर बाइपासको बाटो जाँदा १० मिनेट र नेपालगन्जमा छाडा पशुले बाटो छेक्दा १० मिनेट ढिला भएको पनि दावी गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया