रनर मोटरसाइकलकाे फेस्टिभल अफर सार्वजनिक

 भदौ २९, २०७६ आइतबार २१:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बंगलादेशको प्रतिष्ठित ब्रान्ड रनर मोटरसाइकल ले दशैँ तिहार छठको उपलक्ष्यमा फेस्टिभल अफर सार्वजनिक गरेको छ ।

नेपालका लागि रनर मोटरसाइकलको आधिकारिक बिक्रेता रमण मोटर्सले सार्वजनिक गरेको अफरमा रनर मोटरसाइकल को खरिदमा बीस हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ । साथै चाडभरिमा माेटरसाइकल खरिद गर्ने प्रत्येक सय जनामध्ये एक जनाले बंगलादेशको रनर फ्याक्ट्री घुम्ने अवसर पाउने रमण मोटर्सका बिजनेश डेभलेप्मेन्ट हेड सन्तोष न्यौपानेले जानकारी दिनुभयाे ।

अहिले नेपालमा रनर मोटरसाइकलको ८० देखि २०० सी सीसम्मका मोटरसाइकल र ११० सी सी को स्कुटर उपलब्ध भएकाेमा रनर हक २०० सी सी अफरोड मोटरसाइकललाई ग्राहकले बढी रुचाएको कम्पनीकाे दावी छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया