स्पेनिस ला लिगा: सेभिया शीर्ष स्थानमा

 भदौ २९, २०७६ आइतबार २१:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा सेभिया शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा डिपाेर्टिभो आलाभेसलाई १–० गोल अन्तरले पराजित गर्दै १० अंकका साथ सेभिया शीर्ष स्थानमा उक्लिएको हो । एट्लेटिको मड्रिड ९ अंकका साथ दोस्रो स्थानमा छ भने रियल मड्रिड ८ अंकका साथ तेस्रो स्थानमा छ ।

सेभियाले घरेलु मैदानमा पहिलो हाफमै गरेको गोल नै अन्तिमसम्म कायम राखेको थियो । ३७ औंँ मिनेटमा जोन जोर्डनले निर्णायक गोल गरेका थिए ।

यस्तै अर्को खेलमा एस्पान्याेलले एइबरमाथि २–१ गोलको जित निकालेको थियो । एस्पान्याेलले १ गोलको अग्रता उल्टाउँदै जित हात पारेको हो ।पहिलो हाफ गोलरहित बराबरी भएकोमा ५८ औंँ मिनेटमा इभान रेमिसले गोल गर्दै एइबारकाे अग्रता बनाएका थिए । ७६औंँ मिनेटमा फुकाण्डो फेरेराले गोल गर्दै एस्पान्याेललाई खेलमा फर्काएका थिए । १–१ गोलको बराबरी भएको १३ मिनेटपछि ग्रानरियोले एस्पान्याेलका लागि गोल गर्दै २–१ को जित दिलाउन सफल भए ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया