रुपन्देहीमा गोली हानेर एक जनाको हत्या, ५ लाख रुपैयाँ लुटियो

 भदौ २९, २०७६ आइतबार २१:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुपन्देही - रुपन्देहीमा आइतबार दिउँसो गोली हानेर एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका-३, रोहिणी खोला नजिकै गोली हानेर ओमसतिया-५ का ४० वर्षीय महेन्द्र कुर्मीको हत्या गरिएको छ ।

भैरहवामा रहेको बैंकबाट पैसा निकालेर घरतर्फ लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका कुर्मीमाथि नचिनेका मान्छेको समूहले गोली हानेको हो । मृतक कुर्मीको बायाँ कुममा गोली लागेको छ । मृतकको साथमा रहेको ५ लाख रुपैयाँ नगद गोली प्रहार गर्नेहरुले लुटेर लगेको प्रहरीले जनाएको छ ।

गोली हान्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया