भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, २७ यात्रु घाइते

 भदौ ३०, २०७६ सोमबार १०:६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा साेमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । 

मुक्तिनाथतर्फ जाँदै गरेको यूपीबीपी ४९९५ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनाको उपचारका लागि पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल पठाइएको छ । अन्य बाँकी सबै डिस्चार्ज भइसकेकाे जनाइएकाे छ । घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ । 

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया