छोरा गुमाएको पीडामा बाबुले गरे आत्महत्या

 भदौ ३०, २०७६ सोमबार ११:२२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – छोरा गुमाएको पीडामा पाल्पामा एक बृद्धले आत्महत्या गरेका छन् ।

गएको शनिबार हृदयघातका कारण ज्यान गुमाएका त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक कृष्णप्रसाद तिमिल्सिनाका बाबु ६५ वर्षीय भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

रामपुर नगरपालिका–१० हेक्लाङ्मा सोमबार एका बिहानै भिमराजले घर नजिकै आत्महत्या गरेको छिमेकी तुल्सीप्रसाद भण्डारीले जानकारी दिनुभयो । पाल्पाको नर्सिङ कलेज, मिलेनियम कलेजमासमेत अध्यापन गराउने कृष्ण तिमिल्सिना तानसेनस्थित सूर्योदय केवल टेलिभिजनका अध्यक्ष पनि हुनुहुन्थ्यो ।

४० वर्षको उमेरमै छोराको ज्यान गएपछि कृष्णका बुवा विक्षिप्त हुनुभएको छिमेकीले जनाएका छन् । तीन दिनकोबीचमा बाबु छोराको ज्यान गएपछि अहिले हेक्लाङ् गाउँ शोकमा डुबेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया