करेन्ट लागेर विद्युतका कर्मचारीको ज्यान गयो, परिवारलाई क्षतिपूर्ति दिने सहमति

 भदौ ३०, २०७६ सोमबार २०:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – धनुषामा बिजुलीको ११ हजार भोल्टको तारमा करेन्ट लागेर विद्युतका कर्मचारीको ज्यान गएको छ ।

विद्युत प्राधिकरण सखुवा महेन्द्रनगरका सवारीचालक धनुषाको बटेश्वर गाउँपालिका ४ का ४० वर्षका विष्णु महतोको करेन्ट लागेर ज्यान गएको हो ।

सोमबार दिउँसो धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैया भवाडी स्थित बिग्रेको ट्रान्सफारम मर्मत गर्न गएको बेला गाडीबाट सिँढी निकाल्ने क्रममा एघार हजार भोल्टको तारमा छोइएर महतोलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते महतोलाई नजिकै रहेको जानकी मेडिकल कलेज रमदैया भवाडीमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस्तै सवारीचालक महतोको मृत्युपछि विद्युत प्राधिकरण र मृतकका परिवचारबीच क्षतिपूर्ति दिने सम्झौता भएको छ । मृतक परिवारलाई ५ लाख रुपैयाँ र परिवारका एक जना सदस्यलाई रोजगारी दिने सम्झौता भएको स्थानीय राजपाका युवा नेता अजयकुमार राउतले बताउनुभयो ।

तत्काल क्रिया खर्चका लागि प्राधिकरणले १५ हजार रुपैयाँ मृतकका काका रामविलास महतोलाई उपलब्ध गराइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया