मौसम : मध्य तथा पूर्वमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

 भदौ ३१, २०७६ मंगलबार ८:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्ले अनुमान गरेका छन् । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, मनसुनी न्यून चापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ सरेकाले पनि मनसुनी गतिविधि केही सक्रिय भएको महाशाखाले महाशाखाले जनाएको छ  ।

मनसुनी न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।

मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । एकैछिन मौसम खुले पनि एकैछिनमा बदली हुने उहाँको अनुमान छ । 

महाशाखाका अनुसार बुधबार देशभरी सामान्य बदली रही मध्य र पूर्वी भूभागका धेरै ठाउँमा तथा पश्चिमका केही ठाउँमा चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य तथा पश्चिमी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ ।

बुधबारको पनि मौसम यस्तै किसिमको रहने र बिहीबारदेखि मौसम सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया