जहाजहरु आकाशमा फन्को लगाउँदै, झरीले  गर्दा त्रिभुवन विमानस्थलमा अवतरण ठप्प

 भदौ ३१, २०७६ मंगलबार १४:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबार राातिदेखिको झरीले काठमाण्डाैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरणमा पटक–पटक समस्या भएको छ ।

मंगलबार बिहान केहीबेर बन्द र खुला रहँदै आएको विमानस्थलमा अहिले फेरि अवतरण ठप्प रहेको छ । जहाज उडान भैरहे पनि अवतरण ४५ मिनेटदेखि रोकिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले उज्यालोलाई जानकारी दिनुभयो । 

‘अहिले यहाँको भिजिबिलिटी त २५ सय मिटर नै छ, तर ठूलो झरीले विमानहरु बस्न सकेका छैनन्, मौसममा सुधार नभएसम्म अवतरण हुँदैन’, क्षेत्रीले भन्नुभयो ।

विमानस्थलमा अवतरण हुन नसक्दा नेपाल एअरलाइन्स, इन्डिगो, लायन एअरलगायतका विमानले दर्जनौँ पटक काठमाण्डौ आसपासको आकासमा फन्को लगाइरहेका छन् ।

मौसम खराब हुँदा सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेका ८ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गरिएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया