सिटी एक्सप्रेसकाे ‘न यति न उति, सिधै लखपति’ योजना सार्वजनिक

 भदौ ३१, २०७६ मंगलबार १९:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘लखपति एक्सप्रेस २०७६- न यति न उति, सिधै लखपति’ उपहार योजना ल्याएको छ ।

आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न सिटी एक्सप्रेसले लगातार ९० दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको हो । 

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत 'लक्की ड्र' मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले दुई सय रुपैयाँको मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जनाले १० हजार र हरेक महिना 'लक्की ड्र' मा विजयी हुने एक जनालाई एक लाख रुपैयाँ उपहारस्वरुप प्रदान गरिने छ । 

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार १० लाख जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरुसमेत बम्पर उपहारका लागि सहभागी हुन सक्नेछन् । 

कम्पनीका अनुसार ‘लखपति एक्सप्रेस २०७६- न यति, न उति सिधै लखपति’ अफर असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ ।

यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुनेछैन ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया