काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
संखुवासभा – सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालबाट बिरामी बोकेर धरान जाँदै गरेको गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।
मंगलबार साँझ साढे ८ बजेतिर खाँदबारीबाट धरान हिँडेको को १ ज ३७४९ नम्बरको बोलेरो जीप करिब साढे १० बजेतिर धर्मदेवी नगरपालिकामा पर्ने अक्करको भीरबाट अरुण नदीमा खसेको हो ।
मंगलबार खाँदबारी अस्पतालमा खाँदबारी–९ का प्रमेश थापामगर र संगम श्रेष्ठका २ महिनाको छोरा समिर बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।
प्रमेश मिर्गौलाका बिरामी हुन् भने समिरलाई निमोनिया भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले धरानस्थित वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको जिल्ला अस्पतालका डा. किसन नेपालीले बताउनुभयो । जीपमा बिरामी २ जनासहित समिरको बुवाआमा संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ र प्रमेशका भिनाजु खबरमान पीठाकोटी मगरसहित चालक सन्तोष विश्वकर्मा रहेको बताइएको छ ।
रातको समयको दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुन सकेको छैन । अरुण खोलामा बाढी आएका कारण उनीहरुको खोजीमासमेत समस्या भइरहेको छ ।