पीएसजीसँग रियल मड्रिडको लज्जास्पद हार

 असोज २, २०७६ बिहिबार ६:३८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रियल मड्रिड पेरिस सेन्ट जर्मेनसँग तीन शून्यले पराजित भएको छ । पीएसजीको जितमा एञ्जल डी मारियाले दुई गोल गरे ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा मुख्य खेलाडी विना नै मैदानमा उत्रिएका पीएसजीले १४ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि डी मारीयाले गोल गर्न सफल भए । एम्बाप्पे, काभानी, नेयमार नभएको खेलमा मारियाको प्रदर्शन सशक्त रह्यो । यता रियलका लागि इडेन हार्जाले रियलबाट पहिलो पटक सुरुवाती ११ मा खेलेपनि खासै राम्रो गर्न सकेनन् ।

घरेलु मैदानमा पीएसजीले ३३ औं मिनेटमा अग्रता दोब्बर बनायो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पीएसजी विरुद्ध रियलले दोस्रो हाफमा केही दबाब दिएको थियो । तर खेलमा फर्कन सकेन ।

त्यसको विपरित पीएसजीले खेलको इन्जुरी समयको पहिलो मिनेटमा तेस्रो गोल थप्न सफल भयो । जसका कारण रियलले पीएसजीको मैदानमा तीन शून्यको हार ब्यहोर्न बाध्य भयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया