नेकपाको सचिवालय बैठक स्थगित

 असोज २, २०७६ बिहिबार १२:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिए पनि प्रधानमन्त्री ओलीको व्यस्तता र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ रहेकाले स्थगित भएको हो  ।

बैठक पर्सि दिउँसो ३ बजे बस्ने छ ।  नेकपाको एकताको काम धेरैजसो टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया