एक जनाले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउने, कुन–कुन ठाउँबाट पाइन्छ ?

 असोज २, २०७६ बिहिबार १९:३७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यस पटकको दशैँमा एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै सुकिला तथा नयाँ नोट पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बिहीबार सूचना निकालेर असोज १० गतेदेखि  १७ गतेसम्म नयाँ तथा सुकिला नोट वितरण गरिने जनाएको छ । एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार ५ सय रुपैयाँ बराबरका नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको  छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर  र जनकपुरबाट नोट साट्न सकिने जनाएको छ । काठमाण्डौमा भने राष्ट्र बैंकका साथै सबै सरकारी बैंकका शाखाबाट नयाँ नोट लिन सकिनेछ । 

साथै निजी क्षेत्रका विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट उपलब्ध गराउनेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया