अछामको कमलबजार नगरपालिकाको कार्यालयमा बम विस्फोट

 असोज ३, २०७६ शुक्रबार ८:३५:१६ | चन्द्र थापा
unn.prixa.net

अछाम – कमलबजार नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको  छ । 

बिहीबार राति करिब १ बजेको समयमा नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको अछाम प्रहरीले जनाएको छ । विस्फोट कसले गरायो भन्नेबारे जानकारी हुन सकेको छैन ।

नगरपालिका कार्यालयको ढोकामा विस्फोट भएको र विस्फोटबाट ठूलो क्षति नभएको अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

विस्फोट गराउने समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया