नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन

 असोज ३, २०७६ शुक्रबार ९:१४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । 

हृदयघात भएपछि गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका पूर्व सांसद् दाहालको शुक्रबार बिहान निधन भएको हो ।

उहाँ २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । 

उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने र शुक्रबार दिउँसो नै पशुपति आर्यघाटमा अत्येष्टि गरिने परिवारले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया