अचेत छोरालाई आमा भन्छिन् - 'सुन न छोरा, चार वर्ष कसरी बिताएँ सुनाउँछु'(भिडियाे कथा)

 असोज ३, २०७६ शुक्रबार ११:३८:५ | उज्यालो सहकर्मी

सरकारी तथ्याँक अनुसार केही समय अघिसम्म रोजगारीका लागि विदेश पुगेका २८ जना नेपाली कोमामा थिए । तर उनीहरुमध्ये  एक जनाको कुवेतमै मृत्यु भयो । दुई जनालाई नेपाल ल्याइयो ।

अहिले सबैभन्दा धेरै कतारमा १५ जना नेपाली कोमामा उपचाररत छन् । साउदीमा ७ जना र कुवेतमा ३ जना गरी २५ जनाको उपचार भइरहेको छ । यूएईमा चार वर्ष कोमामा उपचार गएर पर्वतका कुमार फकामीलाई गएकाे भदौ १५ गते कम्पनीले नेपाल पठाइदियो ।

सास छदै अनुहार देख्न पाइने आश मारेर बसेको कुमारको परिवार आफ्नो मानिसलाई देख्न पाउदा खुशी त छ तर मुढोझैं भएका कुमारलाई पैसाको अभावमा गुमाउनु पर्ने हो कि भन्ने अर्को चिन्ता छ । 

अन्तिम अपडेट: कात्तिक २, २०७६

तपाईको प्रतिक्रिया