जानकी मन्दिरभित्र २ घण्टा चेक : केही फेला नपरेपछि मन्दिरमा प्रवेश  खुला

 असोज ३, २०७६ शुक्रबार १५:१०:२५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - दुई घण्टाकाे चेकपछि जनकपुरको जानकी मन्दिरमा पुनः प्रवेश खोलिएको छ ।

मन्दिरभित्र शंकास्पद बस्तु अथवा बम राखेको आशंकामा प्रहरीले शुक्रबार दिउँसो सवा १२ बजे एकाएक जानकी मन्दिरबाट श्रद्धालु भक्तजन, साधुसन्त र स्थानी फुटपाथ व्यवसायीलाई निकालेको थियो ।

साढे १२ बजेदेखि साढे २ बजेसम्म निरन्तर प्रहरीले २ घण्टा मन्दिर भित्र चेक गरेको थियाे । मन्दिर भित्र शंकास्पद बस्तु राखिएको सूचनाको आधारमा तालिमप्राप्त कुकुर समेत लगाएर चेक गरिएको र त्यस क्रममा केही फेला नपरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो । मन्दिरभित्र केही फेला नपरेपछि सर्वसाधारणलाई साढे २ बजेदेखि प्रवेश गर्न दिइएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया