बागेश्वरी मन्दिरको समग्र अवस्था सार्वजनिक

 असोज ४, २०७६ शनिबार १२:४९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले शनिबार मन्दिरको समग्र अवस्था सार्वजनिक गरेको छ ।

कार्यक्रममा मन्दिरको सम्पत्ति र आय व्यय विवरण सार्वजनिक गरेको हो । मन्दिरको भेटीसमेत सार्वजनिक गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा समिति गठन भएको दुई वर्षपछि आर्थिक पारदर्शिताका सवालमा महत्वपूर्ण निर्णय भएको हो ।

दुई वर्ष पहिले विद्युत महसुल १७ लाख रुपैयाँ बुझाउन नसकेको समितिले दुई वर्षको बीचमा विद्युत महसुल बुझाएर १२ लाख फिक्स डिपोजिट बाहेक २१ लाख रुपैयाँ बैंकमा जम्मा भएको समितिका अध्यक्ष डा. राणाले जानकारी दिनुभयो ।

लामो समयपछि मन्दिरको आय व्ययसँगै सम्पत्ति विवरण सार्वजनिक भएपछि मन्दिरको पारदर्शिताको सन्दर्भमा महत्वपूर्ण उपलब्धि भएको नागरिक समाजका अगुवाको भर्ना छ ।

समितिका सचिव गोपालप्रसाद अधिकारीले नियमित सन्ध्याकालीन आरती सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिनुभयो । समितिले बागेश्वरीको नाममा भएको जग्गा समेत सार्वजनिक गरेको छ । साविक इन्द्रपुर गाविसमा  रहेको ८४ बिघा जग्गा रैतान नम्बरी कायम भई ३०० जनाभन्दा बढीको नाममा नामसारी भएको समितिका सदस्य नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बताउनुभयो ।

बागेश्वरी मन्दिरको चल अचल सम्पत्ति खोजबिन तथा संरक्षण उपसमितिका संयोजक मगरका अनुसार हाल खजुराखुर्दमा मन्दिरको नाममा ३ बिघा १६ कठ्ठा र परस्पुरमा  ३ कठ्ठा १ धुर जग्गा देखिएको छ । मन्दिर रहेको स्थानमा एक बिघा १८ कठ्ठा जग्गा हेको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य आईपी खरेल र कृष्ण केसी, गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीलगायतले विभिन्न सुझाव दिनुभयो ।

सम्बन्धित समाचार

 


अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया