चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आशा लगभग समाप्त, अबकाे याेजना ‘गगनयान’

 असोज ४, २०७६ शनिबार १५:३६:५४ | एजेन्सी
unn.prixa.net

भारतको मिसन चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आशा लगभग समाप्त भएको बताइएको छ । 

चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको सबै सम्भावना अब लगभग सकिएको छ, किनकि ल्याण्डर विक्रम १४ दिनसम्म काम गर्न सक्थ्यो । अर्थात् ल्याडरको जीवन १४ दिनको थियो । गएको ७ सेप्टेम्बर राति झण्डै डेढ बजे चन्द्रयान–२ विक्रम ल्याण्डरमा ‘सफ्ट ल्याण्डिंग’ हुनुपर्ने थियो तर त्यो हुन सकेन । 

यद्यपि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यो बीचमा ल्याण्डरसँग दोस्रो पटक सम्पर्क गर्न कोसिस गरिरहेको बताउँदै आएको थियो । तर यो काम भने निकै मुश्किल थियो । 

जुन समय विक्रम ल्याण्डर चन्द्रमाको सतहमा पुग्न झण्डै २ दशमलव १ किलोमिटर वर नै ग्राउण्ड स्टेशनसँग सम्पर्क टुटेको थियो । 

इसरो प्रमुख के सिवनले भने चन्द्रयान–२ को मून मिसन ९८ प्रतिशत सफल भएको बताएका छन् । ‘चन्द्रयान–२ को कक्षले राम्रो काम गरिरहेको छ । चन्द्रयान–२ को कक्षमा रहेका आठ ओटै उपकरणले हामीले जे चाहेका थियौँ, त्यो गरिरहेको छ । यो मिसन ९८ प्रतिशत सफल भएको छ । हाम्रो अघिल्लो प्राथमिकता गगनयान हो’, उनले भने । 

यदि भारतले यो उपलब्धि हासिल गर्न सकेको भए रुस, अमेरिका र चीनपछि ऊ चन्द्रमामा आफ्नो अन्तरिक्ष यान पठाउने चौथो राष्ट्र बन्ने थियो  ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया