पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयाे, दुई जना घाइते

 असोज ४, २०७६ शनिबार १७:५२:२६ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पामा शनिबार भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

रैनादेवीछहरा गाँउपालिका वडा नम्बर-६ को अरखोर भन्ने ठाउँमा भएको दुर्घटनामा जीपमा रहेका रैनादेवीछहरा गाँउपालिका-८, सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मी मगरको ज्यान गएको हो । रेश्मीको उपचारको क्रममा तानसेनमा रहेकाे लुम्बिनीमेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार सत्यवतीबाट केलाटारका लागि छुटेको ग २ च २७१७ नम्बरको जीप आफैँ अनियन्त्रित भएर बाटोबाट झण्डै ५० मिटर तल खसेको थियो । चालकसहित घाइते २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया