भोजपुर खुला दिसामुक्त जिल्ला घोषित

 असोज ४, २०७६ शनिबार २०:३९:३४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भोजपुर ७६ औंँ  खुला दिसामुक्त जिल्ला घोषणा भएको छ ।

र्‍याली र झाँकीसहित शनिबार जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो । जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रममार्फत प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएकाे हाे ।

जिल्लामा रहेका दुई नगरपालिका र सात गाउँपालिकाको सम्पूर्ण घरधुरीमा शौचालय निर्माण भएर प्रयोगमा आइसकेकाले खुला दिसामुक्त जिल्ला घोषणा गरिएको आयोजित कार्यक्रममा जानकारी गराइएको थियाे । अहिलेसम्म जिल्लाभर झण्डै ४० हजार घरपरिवारमा शौचालय निर्माण भएक खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।

खुला दिसामुक्त जिल्ला घोषणा गर्नुअघि जिल्लामा रहेका स्थानीय तहमा शौचालयको अवस्थाबारे सुपरिवेक्षण टोलीबाट अनुगमन गरिएको थियो । कार्यक्रमका अवसरमा जिल्लालाई खुल्ला दिसामुक्त बनाउन भूमिका निर्वाह गर्ने संघसंस्था, सञ्चारमाध्यम तथा अभियन्ताहरुलाई सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • dipendra parajuli

    Sept. 22, 2019, 7:46 a.m.

    संविधान दिवसको अवसरमा असोज ३ गते सोलुखुम्बु जिल्ला ७६ औ जिल्लाका रुपमा खुल्ला दिशामुक्त जिल्ला घोषण गरियो तामझाम सहित । हिजो भोजपुर जिल्लामा पनि तामझामका साथ ७६ औ जिल्लाको रुपमा घोषणा भयो । खास कुरो बुझन नै सकिएन । प्रष्ट बनाईदिनुहुन्थ्यो कि ?

  •  0 Reply

तपाईको प्रतिक्रिया