५७ सय रुपैयाँमा पसलको बीमा: आईएमई इन्स्याेरेन्सबाट ३१ लाख ५० हजार रुपैँया क्षतिपूर्ति

 असोज ४, २०७६ शनिबार १९:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की  - पोखराको न्युरोडमा रहेको मिनि मार्केट कम्प्लेक्समा आगलागी हुँदा पसल जलेका पसलधनी लिलाधर ढुंगानाले बीमा रकमस्वरुप ३१ लाख ५० हजार रुपैयाँ पाउनुभएको छ ।

गएकाे साउन २८ गते मार्केटमा आगलागी हुँदा अरु ३० वटा पसलसहित ढुंगानाको शुभ युनिक होम डेकोर पनि जलेको थियो । आईएमई जनरल इन्स्योरेन्समा पसलको बीमा गरेका ढुंगानाले शनिबार ३१ लाख ५० हजार रुपैयाँ पाउनुभएको हाे । उहाँलाई अर्थमन्त्री डा युवराज खतिवडा, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी र आईएमई ग्रुप अफ कम्पनीजका प्रमुख चन्द्र ढकालले बीमा वापतको रकम हस्तान्तरण गर्नुभयो ।

ढुंगानाले ५७ सय रुपैयाँमा पसलको बीमा गर्नुभएको थियो । 

मार्केटमा जलेका ३० वटा पसलमध्ये लिलाधर ढुंगानाले मात्रै बीमा गरेकाले क्षतिपूर्ति पाएपनि अरु पसलले बीमा नगरेकाले क्षतिपूर्ति पाएका छैनन् । आईएमई ग्रुपका अध्यक्ष ढकालले थोरै प्रिमियम तिरेर बीमा गर्न सकिने भएकाले आफ्नो व्यवसायको बिीमा गर्न पनि सबैलाई अनुरोध गर्नुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया