इंग्लिस प्रिमियर लिग: टोटनह्यामलाई हराउँदै लेस्टर सिटी तालिकाको दोस्रो स्थानमा

 असोज ४, २०७६ शनिबार २०:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा लेस्टरले चौथो स्थानमा रहेको टोटनह्याम हट्सपरलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । लेस्टरले आफ्नाे घरेलु मैदान किंग पावर स्टेडियममा टोटनह्यामकाे १ गोलको अग्रता उल्टाउँदै २–१ को जित निकालेको हो ।

२९ औंँ मिनेटमा टोटनह्यामका लागि ह्यारि केनले गोल गर्दै अग्रता दिलाएका थिए । सन हिउङ मिनको पासमा गोल गर्दै केनले टोटनह्यामलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा १ गोलको अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

लेस्टरका लागि रिकार्डो परेराले ६९ औँ मिनेटमा गोल गदै घरेलु दर्शकलाई खुसी दिलाएका थिए । अन्तिम १० मिनेट सम्हालिन नसक्दा टोटनह्याम बराबरी गर्न असफल भयो । ८५ औंँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई २–१ को जित दिलाउन सफल भए ।

छैटौँ चरणको खेल जारी रहँदा लेस्टर ११ अंकसहित दोस्रो स्थानमा छ । जारी लिगमा अपराजित रहेको लिभरपुल १५ अंकका साथ शीर्ष स्थानमा छ भने १० अंक जोडेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ । सिटीले आजै हुने  खेलमा जित हात पारे फेरि दोस्रो स्थानमा स्थान बनाउने छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया