दशैँमा घर जान टिकट लिँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् गाडीभाडा

 असोज ५, २०७६ आइतबार १०:५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँमा घर जाने यात्रुको लागि आइतबारदेखि टिकट बुकिङ खुला भएको छ । सम्बन्धित टिकट काउन्टरमा पुगेर टिकट लिन सकिन्छ भने अनलाइनमार्फत पनि टिकट बुकिङ गर्न सकिन्छ ।

अनलाइनमार्फत टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ । काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ । तर कतिपय गाडीवालाले निर्धारितभन्दा धेरै भाडा लिएको यात्रुको गुनासो सुनिन्छ । कहाँ जाँदा कति भाडा लाग्छ भन्ने जानकारी यात्रुलाई भयो भने ठगिने सम्भावना हुँदैन ।

सरकारले यस वर्ष भाडा बढाउने तयारी गरे पनि तत्काललाई रोकिएको छ । चाडपर्व अगाडि भाडा नबढ्ने सरकार र व्यवसायीले स्पष्ट पारिसकेका छन् । त्यसैले दशैँमा घर जाँदा यसअघिकै भाडादरमा यात्रा गर्न पाइन्छ ।

हेर्नुहोस् कहाँबाट कहाँ जाँदा भाडा कति लाग्छ ?

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया