विकासका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई ऊर्जामन्त्रीकाे आग्रह

 असोज ५, २०७६ आइतबार १७:२१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ऊर्जामन्त्री वर्षमान पुनले विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई आग्रह गर्नुभएको छ । 

काठमाण्डौमा आइतबार भएको जलविद्युत सम्बन्धी अन्तरक्रियामा मन्त्री पुनले यस्ताे बताउनु भएको हो । पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउँदा लगानीमैत्री वातावरण बिग्रिएको भन्दै मन्त्री पुनले विकासमा अवरोध हुन नदिन सबै सचेत हुनुपर्ने बताउनु भयो ।

कुनै नयाँ आयोजना गाउँमा आउनेबित्तिकै धेरैभन्दा धेरै पैसा निकाल्ने, स्कूल भवन, बाटो, सडक बनाउ भनेर दुख दिने गर्दा लगानीकर्ता निराश भएर भाग्ने वस्था आउन नदिन स्थानीय नै सजग हुनुपर्ने बताउनु भयो ।

केन्द्रीय वा स्थानीय सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने प्रयासलाई स्थानीय जनताले व्यवहारिक रुपमा विकासमा लगानी मैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । 

यस्तै कार्यक्रममा मन्त्री पुनले स्थानीयसँग समन्वय गरेर निर्माण प्रक्रिया अगाडि बढाउन आयोजना निर्माणकर्ता र लगानीकर्तालाई आग्रह गर्नुभयो ।

मन्त्रालयमा आयोजना निर्माण पक्षले स्थानीयलाई सरोकार नै नराखी समन्वय नगरी काम अगाडी बढाउँदा अप्ठेरोमा परेको गुनासो बोकेर धेरै डेलिगेसन आउने गरेको बताउनु भयो ।

कार्यक्रममा मन्त्री पुनले मोदी खोलाका जलबिद्युत आयोजनाहरुले परेको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

सरकारले विद्युत ऐनसम्बन्धी मस्यौदा तयार गरेर सार्वजनिक प्रतिक्रिया र छलफलका लागि मन्त्रालयको वेब साइटमा राखेको भन्दै अध्ययन गरी सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया