कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले जितका साथ प्रतियोगिता समाप्त गरेको छ । चार खेलमा २ हार एक जित र एक बराबरी खेलको नेपालले चार अंकका साथ समूहमा चौथो स्थानमा रहदै प्रतियोगिता समाप्त गर्यो ।
जोर्डनमा भएको खेलमा नेपालले समूहको अन्तिम खेलमा श्रीलंकालाई तीन–शून्यले हरायो । खेलको ३६ औं मिनेटमा मोहित गुरुङले नेपालका लागि पहिलो गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले ६४ औं मिनेटमा दोस्रो गोल थप्यो ।
यसपटक नेपालका लागि अनिल चौलागाईंले गोल गर्न सफल भए । यसअघिको खेलमा चार जना खेलाडी परिवर्तन गरेको नेपालले ८९ औं मिनेटमा तेस्रो गोल थप्यो । नेपालका लागि जान ताम्लीले गोल गरे । उनले कर्नरबाट आएको बललाई हेडबाट पोष्टको दिशा देखाए ।
नेपालले समूह ए को पहिलो खेलमा जोर्डनसँग सात शून्यको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा कुवेतसँग एक–एक गोलको बराबरी खेलको थियो । यस्तै, तेस्रो खेलमा नेपाल ताजिकिस्तानसँग सात शून्यले नै पराजित भएको थियो ।