फिफा वर्ष खेलाडी को ? मेस्सी, रोनाल्डो वा डाइक ?

 असोज ६, २०७६ सोमबार १२:६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले साेमबार राति फिफा वर्ष खेलाडी अवार्डको घोषणा गर्दैछ । 

इटालीको मिलानमा फिफाले सार्वजनिक गरेको अन्तिम मनोनयनमा तीन खेलाडी छन् । जसमा बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भिर्जिल भान डाइक र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

लिभरपुललाइ च्याम्पिन्स लिगकाे उपाधि दिलाउदा उत्कृष्ट भूमिका निभाएका डाइक पहिलाे पटक याे अवार्डकाे शीर्ष तीनमा परेका हुन् । उनले यसअघि यूईएफए वर्ष खेलाडीकाे अवार्ड पनि जितेका छन् । साे बेला उनले मेस्सी र रोनाल्डोलाई नै पछि पारेका थिए ।

याे अवार्डकाे लागि मनाेनयमा रहेका अर्का खेलाडी हुन् क्रिस्टियानाे राेनाल्डाे । रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि र  युभेन्ट्सबाट इटालियन सिरी 'ए' उपाधि जितेका थिए । यूईएफए वर्ष खेलाडीमा तेस्राे स्थानमा रहेका उनले याे अवार्ड हात पार्ने संभावना पनि प्रबल रहेकाे छ ।

अर्का स्टार जाे मनाेनयनमा परेका छन्, ती हुन मेस्सी । उनले बार्सिलोनाबाट अघिल्लाे सिजन ला लिगाको उपाधि जितेका थिए । यस्तै, च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता पनि बनेका थिए भने साे प्रतियाेगितामा युरोपियन गोल्डेन बुटसमेत जितेका थिए ।

महिलातर्फ यूईएफए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् भने वर्ष पुरुष प्रशिक्षकमा पेप ग्वार्डीवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् ।

महिला प्रशिक्षकमा ग्रे नेभिल्स, जिल एलिस र सरिना विगम्यान रहेका छन् । वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन् । वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि लियोनल मेस्सी, जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया