सडक विस्तारको क्रममा माटोको ढिस्कोले पुरिएर सब–इञ्जिनियरको ज्यान गयो

 असोज ६, २०७६ सोमबार १३:२९:३८ | सन्तोष थापा
unn.prixa.net

पर्वत – मध्यपहाडी लोकमार्गको पोखरा बाग्लुङ राजमार्ग अन्तर्गत कुश्मा नगरपालिका–७ खरेहामा बाटो विस्तार गर्ने क्रममा माटोको ढिस्को खसेर सब–इञ्जिनियर कमल राईको ज्यान गएको छ । 

बिहानको समयमा सडकको नाप लिँदै गर्दा सडक माथिबाट खसेको पहिरोले पुरिएर मोरङ बेलबारीका २१ वर्षीय कमल राईको ज्यान गएको हो । सोमबार बिहान १० बजेको समयमा उहाँलाई पहिरोले पुरेपछि उद्धार गरी पर्वत जिल्ला अस्पताल लगिएको थियो । उहाँको १२ बजे ज्यान गएको हो ।

राई सडक स्तरोन्नतिको जिम्मा लिएको लामा कन्स्ट्रक्सन अन्तर्गत सब–इञ्जिनियरका रुपमा कार्यरत हुनुहुन्थ्यो । 

सडकमा कार्यरत अन्य कामदारहरु खाना खानको लागि पहिरो खसेकाले र थप मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया