यूएई सरकार नेपाल र नेपालीको समृद्धि चाहन्छ : परराष्ट्र सचिव मजरोई

१ सय ५ देशका विदेशी पाहुनाले भने : मिनी नेपाल हेर्न पाइयो

 असोज ६, २०७६ सोमबार १४:२०:४७ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले नेपाल र नेपालीको समृद्धि चाहेको बताएको छ । यूएई सरकारका तर्फबाट परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सारी अल मजरोईले नेपाल र नेपालीको सर्वोत्तम हित र समग्र समृद्धि चाहेको बताउनु भएको हो ।

नेपालको संविधान जारी भएको दिनको सम्झनामा नेपाली दूतावास आबुधाबीले आइतबार आयोजना गरेको एक विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी परराष्ट्र सचिव मजरोईले यूएईमा कार्यरत नेपालीको श्रमलाई सदैव उच्च सम्मान गर्दै नेपालको विकासमा पनि यूएईले सहयोग गर्न चाहेको बताउनुभयो ।

प्रमुख अतिथि मजरोईले यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालसँग कुरा गर्दै द्विपक्षीय कुटनीतिक तथा कला संस्कृति र पर्यटन प्रवर्द्धनमा चासो राख्नु भएको थियो । मजरोईले नेपालका तर्फबाट दूतावासले कार्यक्रम स्थलमा राखेको फोटो, नेपाली उत्पादन प्रदर्शनी तथा कला कौशलको विशेष रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।

संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा नेपाली दूतावास आबुधाबीले दुई दिन ढिलो गरी आयोजना गरेको कार्यक्रममा विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो ।

१ सय ५ देशका विदेशी पाहुनाले भने : मिनी नेपाल हेर्न पाइयो

यूएईमा संविधान दिवस मनाउँदा नेपाली कला संस्कृति झल्किने प्रस्तुतिले ‘मिनी नेपाल’को झल्को दिएको विदेशी पाहुनाहरुले बताउनुभयो । उपस्थित अन्तर्राष्ट्रिय समुदायले आबुधाबीमा ‘मिनी नेपाल’ देखेर आफ्नो जीवनकालमा नेपाल हेर्न नेपाल जान चाहेको बताउनु भएको थियो ।

कार्यक्रममा सबै विदेशी पाहुनालाई नेपाल चिया कफी बोर्डबाट ल्याएको विशेष चिया कफी तथा नेपाली उत्पादन कोसेली दिइएको थियो । नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै निर्यातजन्य सामाग्री कोसेलीस्वरुप प्रदान गरिएको हो ।

यूएईमा रहेका अन्य १ सय ५ देशका नियोगहरुमा पत्राचार गरिएको थियो । ५१ देशका राजदूत तथा ५४ उपनियोग प्रमुख तथा विभिन्न निकायका प्रतिनिधिको उपस्थिति थियो ।

अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई नेपालको कला संस्कृति झल्किले नाच तथा झाँकी देखाइएको थियो । कार्यक्रममा विशेष स्वागत मन्तव्य दिँदै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएई तथा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो ।

नेपाल सदैव स्वतन्त्र देश भएका कारण संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको बताउनुभयो । यूएईले नेपालको संविधान दिवसको अवसरमा संसारकै अग्लो भवन बुर्ज खालिफामा निःशुल्क नेपाली झण्डा फरफराई दिएकोमा यूएई सरकारलाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

दूतावासका द्वितीय सचिव विष्णु अधिकारी, श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल, तृतीय सचिव नारायण ज्ञवाली, लेखा प्रमुख पुण्यवती पौडेल तथा दूतावासका स्थानीय कर्मचारी र नेपाली समुदायले अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्त्ता रिता धितालले गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Nirjal

    Sept. 26, 2019, 8:07 a.m.

    कुरै त हाे यदि सहयाेग गर्न नचाहने काेहिपनि छैन त्याे पनि नेपाललाई नेपाल भनेकाे एउटा मात्र यस्ताे देश हाे जहाँ पैसा र प हुच भएकालाई कसैले केही गर्दैनन् । त्यसैले सहयाेगकाे नाममा अाफ्नाे अखडा बनाउनकाे लागि सबैजना मरिहत्ते गर्दैछन । तर नेपालका नेताहरु भने ३५ कराेडकाे कसैले लगानि गरिदिए पनि " अाम्मामा यत्राे पैसा सहयाे गर्याे याे त हाम्राे लागि दे उता नै भएर अायाे भन्दै हिड्छ " । अनि कसरी हुन्छ सम्व्रिढि जनतालाई रिण देखाउनकाे लागि याे देशले यति सहयाेग गर्याे भन्छ अनि कहाँ गयाे त्याे चाहिँ अत्तोपत्तो हुदैन ।🙄😤🤒😠😡😈👿👹

  •  0 Reply

तपाईको प्रतिक्रिया