राजपा अध्यक्षमण्डलको जिम्मेवारी महन्थ ठाकुरलाई

 असोज ६, २०७६ सोमबार १७:२३:३२ | रासस
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हाल्नुभएको छ । संयोजक ठाकुरले साेमबारदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी लिनुभएको राजपाले विज्ञप्तिमार्फत जनाएको हो ।

राजपाको सोमबार भएको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो । राजपाको हरेक दुई महिनामा नेतृत्व फेरिने व्यवस्थाअनुरुप ठाकुरले नेतृत्व पाउनुभएको हो । यसअघि अध्यक्षमण्डलको संयोजक राजकिशोर यादव हुनुहुन्थ्यो ।

तराई–मधेश केन्द्रित ६ राजनीतिक पार्टी एकीकरण भएर गठन भएको राजपा अध्यक्षमण्डलमा सबै पार्टीका अध्यक्ष रहेका छन् । एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीअनुरुप नेतृत्व लिने राजपाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया