सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, जमैकाविरुद्धको खेलमा २ विकेट लिन सफल

 असोज ७, २०७६ मंगलबार ७:३५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यारेवियन प्रिमियर लिग क्रिकेट सीपीएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् । 

वार्बाडोसमा आवद्ध सन्दीप मंगलबारको खेलपछि नेपाली राष्ट्रिय टोलिले खेल्ने सिरिजका लागि सिंगापुर जानेछन् । सन्दीपको टिम बार्वाडोसले जमैका तलवालाई १२७ रनमा अल आउट गार्दा सन्दीपले महत्वपूर्ण २ विकेट लिएका थिए । आफ्नो स्पेलमा सन्दीपले १७ रन खर्चिँदै कप्तान चाड्विक वाल्टन र ड्वान सिम्थलाई आउट गरेका थिए ।

सन्दीपले आफ्नो पहिलो ओभर टिमको पाँचौं ओभरमा लिएर आएका थिए । जसमा पहिलो बलमा १ रन दिए । दोस्रो बलमा विकेट लिन सफल भएका थिए । उनले कप्तान वाल्टनको विकेट लिँदै टिमलाई सफलता दिलाए । तेस्रो, चौथो र पाँचौं बल डट राखेका सन्दीपले अन्तिम बलमा २ रन दिए ।

टिमको नवौं ओभरमा सन्दीपले दोस्रो ओभर बलिङ गरेका थिए । सुरुका तीन बलमा एक–एक रन खर्चिएका सन्दीपले चौथो बलमा विकेट लिन सफल भए । उनले ड्वान स्मिथलाई आउट गरेका थिए । त्यसपछिका २ बलमा पनि एक एक रन खर्चिएका थिए । १६औं ओभरमा तेस्रो ओभर लिएर आएका सन्दीपले दोस्रो र चौथो बल डट राखेका थिए ।

यस्तै, अन्तिम बलमा बाईको रुपमा जमैकाले २ रन लिएको थियो भने अरु बलमा एक–एक रन खर्चिएका थिए । ३ ओभरसम्म ११ रन खर्चिएर २ विकेट हात पारेका सन्दीपले आफ्नो अन्तिम ओभरमा ६ रन दिएका थिए ।

१८ औं ओभरको पहिलो र पाँचौं बलमा २–२ रन खर्चिएका सन्दीपले तेस्रो र अन्तिम बलमा एक–एक रन दिएका थिए । सीपीएलको यो सिजनमा सन्दीपको विकेट संख्या ८ पुगेको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया