नवलपरासी दुर्घटना अपडेट : ज्यान गुमाउनेमध्ये तीन जनाको परिचय खुल्यो

 असोज ७, २०७६ मंगलबार ९:८:१४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – कावासोती नगरपालिका –८ खरकट्टामा भएको दुर्घटनामा ज्यान गुमाउने पाँच जनामध्ये तीन जनाको परिचय खुलेको छ । 

ज्यान गुमाउनेमा देवचुली नगरपालिका –१, केउरेनी बस्ने दीपक भनिने पूर्ण बहादुर विक, देवचुली –५ बस्ने दिलबहादुर ढेंगा मगर र कैलाली घर भएका सुरज राना मगर रहको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

ज्यान गुमाउने अन्य दुई जना पुरुषको परिचय खुल्न सकेको छैन ।

सोमबार राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती –८ खरकट्टामा पुर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा कारमा रहेका पाँच जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया