आपसी सहकार्य बढाउने सम्झौता गर्दै नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी

 असोज ७, २०७६ मंगलबार ११:११:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको आपसी सहयोगका विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरी सोमबारदेखि जारी विचार आदान–प्रदान कार्यक्रम सकिँदै छ । 

सम्झौता पत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, गोष्ठी तथा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने विषयलाई पनि महत्वका साथ राखिएको छ ।   

समझदारीपत्रमा नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गर्नेछन् ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएपछि दुई दिनदेखि जारी छलफल कार्यक्रम सकिने छ ।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट विभिन्न ३ वटा कार्यपत्र प्रस्तुत भएको र नेपाल कम्युनिष्ट पार्टीले २ वटा कार्यपत्र प्रस्तुत गरेको छ । 

चिनियाँ कम्युनिष्ट शासन पद्धति, त्यहाँको विकासका चरणहरु बुझ्न नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सहकार्यमा छलफल कार्यक्रम राखेको हो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया