सय रुपैयाँको नोटमा लेखियो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’, आजदेखि बजारमा उपलब्ध

 असोज ७, २०७६ मंगलबार १२:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता छन् नयाँ नोटका विशेषता

  • बायाँतर्फ सगरमाथाको चित्र रहेको
  • मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा
  • अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध
  • अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला रहेको 
  • अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र
  • दायाँतर्फ लालिगुराँसको पानीछाप
  • नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने
  • नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र

अन्तिम अपडेट: चैत १५, २०८०

3 Comments

  • Aashish Lama

    April 24, 2020, 10:40 a.m.

    नेपालकाे नक्शामा लिम्पियाधुरा कालापानी खै ?

  •  0 Reply
  • Sudip Shrestha

    Sept. 26, 2019, 2:10 p.m.

    २०७२ सालदेखि नै १०० को नोटहरुमा यी फिचरहरु कायम छ । किन भ्रम छर्ने समाचार शिर्षक ?

  •  0 Reply
  • ranjit singh rana

    Sept. 26, 2019, 10:04 a.m.

    great step, great figure, great drawing,. lovely and light of Asia thought. god with us.

  •  0 Reply

तपाईको प्रतिक्रिया