नेपालले आज जिम्बाब्वेसँग खेल्ने

 असोज १०, २०७६ शुक्रबार ७:४७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

सिंगापुरमा हुने तीन देश सम्मेलित टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । साँझ ५ : १५ बजे हुने पहिलो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टिममा यसअघि नियमित खेल्दै आएका ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र शरद भेषावकर छैनन् । अहिले युवा र कम अनुभवी खेलाडीको बाहुल्य रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरको इन्डियन एसोसियसन मैदानमा खेल्ने छ ।

शृंखलाका लागि नेपाली टोलीले बिहीबार तयारीलाई अन्तिम रुप दिइसकेको छ । नेपालले शनिबार घरेलु टोली सिंगापुरसँग खेल्नेछ । दुई दिनको अन्तरमा मंगलबार पुनः जिम्बाब्वेसँग र बुधबार सिंगापुरसँग खेल्नेछ ।

त्यसपछि नेपाली टोली पाँच देश सम्मिलित प्रतियोगिता खेल्न ओमान प्रस्थान गर्नेछ । नेपालले त्यहाँ घरेलु टोली ओमानसँगै हङकङ, नेदरल्याण्ड्स र आयरल्यान्डसँग खेल्नेछ । ट्वान्टी–२० विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्न असफल भएको नेपाली टोलीले दुई साताको अन्तरमा ८ वटा ट्वान्टी–२० खेल खेल्दा मुख्यतः नयाँ र कम अनुभवी खेलाडीको एक्स्पोजर हासिल गर्ने अवसरको रुपमा लिएको छ ।

आसन्न १३ औं दक्षिण एसियाली खेलकुदका लागि पनि नेपालको तयारी हुनेछ ।

नेपाली टोलीमा अनुभवी खेलाडीहरु उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मी सामेल छैनन् । कुशल मल्ल र इशान पाण्डेले पहिलोपल्ट सिनियर टिमसँग भ्रमण गरेका छन् । सम्भवतः उनीहरुले जिम्वावेबिरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गर्न सक्छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया