कमाउन गएका श्रीबहादुर ११ वर्षदेखि कतारमा कोमामा

 असोज १०, २०७६ शुक्रबार १४:२१:१९ | उज्यालो सहकर्मी

झापा भद्रपुर नगरपालिकाको महेशपुरका श्रीबहादुर नेम्वाङ ११ वर्षदेखि कतारको अस्पतामा कोमामा उपचाररत छन् । श्रीबहादुर परदेश लाग्दा बुवाआमा थिए । भावना, दिदी टीका र भाइ पनि थिए ।

त्यो बेला घर पूरा थियो । श्रीबहादुर अचेत भएर ढलेपछि  ऋण र पीरले आमाबाबु बिते । श्रीबहादुर विदेश जाँदा लागेको ऋण तिर्न लेबनान गएकी दिदी टीका पनि मानसिक रुपमा विक्षिप्त भएर फर्कनुभयो । अहिले कोमामा रहेका श्रीबहादुर परिवारको अवस्था उस्तै उस्तै भएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया