गौहत्या प्रकरण : पक्राउ परेका १६ जना धरौटी बुझाएर छुटे

 असोज १०, २०७६ शुक्रबार १७:४१:४५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेत गौहत्या प्रकरणमा पक्राउ परेका व्यक्तिहरु धरौटीमा रिहा भएका छन् ।

शुक्रबार जिल्ला अदालत सुर्खेतले गौहत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका १६ जनालाई धौरटीमा छोड्न आदेश दिएको हो  । गएको भदौ १३ गते नेपालगञ्जको कान्जी हाउसबाट दैलेख लैजाने भनेर ल्याइएका २९१ गाईगोरु  वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा र बिउरेनीको जंगलमा अलपत्र अवस्थमा छोडिएका थिए भने  ३९ वटा गाइगोरु मृत्त भेटिएका थिए   ।

जिल्ला न्यायाधीश  डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनीहरलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका श्रेष्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो । श्रेष्तेदार भण्डारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका नगर प्रहरी इन्चार्ज सूर्यबहादुर बोगटी चार लाख ५० हजार धरौटी बुझाएर छुटेका छन् ।

यस्तै प्रहरी सहायक निरीक्षक विकास गौतम दुई लाख ५० हजार, प्रहरी जवान सुवर्ण तारामी मगर, प्रहरी जवान सुशान्त शाही, कमल बयक र  प्रहरी जवान चन्द्रबहादुर राना दुई÷ लाखमा छुटेका छन् । चितवन क्यारियर टान्सपोर्टका सञ्चालक सन्तृप्त श्रेष्ठ तीन लाख ५० हजार, कान्जी हाउसका सहयोगी धर्मेन्द्र नेपाली एक लाख ५० हजार तिरेर तारेखमा छुटेका हुन् ।

यस्तै ट्रकका चालक दामोदर केसी, हिमबहादुर जिसी, शत्रुघन चौधरी र सागर विश्वकर्मा र  विवेक कुवँर एक/एक लाख धरौटी बुझाएर छुटेका छन् । अदालतले ट्रकका सहचालक कृष्णबहादुर बिसी र अमृत चोधरी साधारण तारेखमा छुटेको श्रेष्तेदार भण्डारीले जानकारी दिनुभयो । प्रहरीले गौहत्या प्रकरणमा १८ जनाविरुद्ध मुद्धा चलाएको थियो ।  गौहत्या प्रकरणमा संलग्न रहेका  दुई जना कान्जी हाउसका पवन कन्जोनिया र राकेश भारती भने  फरार छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया