हेटौँडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य खुलालकाे निधन: उपमहानगरमा आइतबार सार्वजनिक बिदा

 असोज ११, २०७६ शनिबार २१:३५:६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडा उपमहानगरपालिकामा शनिबार साँझ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

शनिबार दिउँसो भरतपुरको मोडर्न अस्पतालमा उहाँको मृत्यु भएपछि साँझ उपमहानगरपालिकाको प्राङगणमा श्रद्धाञ्जली सभा गरिएको हो । श्रद्धाञ्जली व्यक्त गर्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उहाँको पार्थिक शरीरमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो । तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित खुलालले उपचारका क्रममा मृत्यु भएको हो । 

श्रद्धाञ्जली सभामा संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामा, नेकपा मकवानपुरका कार्यालय सदस्य बद्री लम्साल, एकालाल श्रेष्ठ, उपमहानगरपालिकाका वडाध्यक्षहरु, कार्यापालिकाका सदस्यहरु, कर्मचारीहरु, राजनीति दल, शुभचिन्तक लगायतकाे सहभागिता रहेको थियो ।

उपमहानगरपालिका कार्यालयमा आइतबार बिदा

हेटौँडा उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य रुपमा खुलाल गोलेको मृत्यु भएसँगै आइतबार असोज १२ गते उपमहानगरपालिकामा बिदा दिइएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया