कुटपिटबाट गुल्मीमा एक जनाको ज्यान गयो

 असोज १२, २०७६ आइतबार १३:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । कालिगण्डकी गाउँपालिका–६ खड्गकोटका ६४ वर्षीय  दुर्गादत्त ढकालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।

यही ठाउँ  निवासी ४५ वर्षीय टोपबहादुर सार्कीले शनिबार साँझ आपसी झगडामा ढकाललाई कुटपिट गरि घाइते बनाएका थिए ।

घाइते ढकालको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न टोपबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया