आफू स्टार खेलाडी भएको प्रमाणित गर्न अझै बाँकी छ : हाजार्ड

 असोज १४, २०७६ मंगलबार ७:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्डले आफू स्टार खेलाडी भएको अनुभव नभएको बताएका छन् । यसै सिजन चेल्सीबाट एक सय ५० मिलियन पाउण्डमा रियलमा अनुबन्ध भएका हाजार्डले अझै पनि आफूलाई प्रमाणित गर्न सकेका छैनन् । 

२८ वर्षे हाजार्डले ला लिगामा तीन खेलमा अझै पनि आफ्नो फर्मलाई देखाउन सकेका छैनन् । बेल्जियन स्टार हाजार्ड रियलमा गए पनि चर्चित जर्सी नम्बर सातमा मैदानमा उत्रिने गरेका छन् । उनी रियलमा अनुबन्ध हुनु अगाडि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले लगाएको जर्सी पाएका हुन् । तर अझै पनि उनी रोनाल्डोको छापलाई पक्ष्याउन सकेका छैनन् ।

हाजार्डले आफूले स्टार खेलाडी भनेर प्रमाणित गर्न बाँकी रहेको बताएका छन् । साथै उनले आफूले पाएको जर्सी नम्बरको इज्जतलाई अझै देखाउन नसकेको स्वीकार गरेका छन् ।

त्यसका लागि चाँडै नै खेलमा मात्र होइन प्रशिक्षणमा पनि देखाउने उनले बताए । हाजार्डको टिम रियलले च्याम्पियन्स लिगको समूह चरणमा क्लब ब्रुगसँग मंगलबार खेल्दैछ । यसअघि पीएसजीसँग खेल्दा उनी ७० मिनेट मैदानमा रहेका थिए । तर टिम तीन शून्यले हारेको थियो ।

पीएसजीसँगको हारपछि निकै आलोचना भएको रियलका लागि ब्रुगसँगको खेल झन महत्वपूर्ण रहेको छ । 

समूह ए को पुछारमा रहेको रियल च्याम्पियन्स लिगको इतिहासमा पहिलो पटक लगातार तीन खेलमा हार टार्न लक्षित छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया