कालिकोटमा एक्स्काभेटर पल्टिँदा एक जनाको ज्यान गयो

 असोज १४, २०७६ मंगलबार १२:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

कालिकोट – खाँडाचक्र नगरपालिका–५ बिहानी खोला नजिकै बा १ क ८९२५ नम्बरको एक्स्काभेटर पल्टिँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दैलेख ठाटीकाध–३ का ३५ वर्षीय भरतबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

दाहाको तेस्रो बजारबाट बिहानी खोलातर्फ आउँदै गरेको एक्स्काभेटर दुर्घटनामा परेको हो । 

दुर्घटनापछि दाङ बबई गाउँपालिका–१ वर्ष २८ का एक्स्काभेटर चालक टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । एक्स्काभेट चलाउन सिक्न खोज्दा पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया