टोटनह्याममाथि बायर्न म्युनिखको फराकिलो जित

 असोज १५, २०७६ बुधबार ६:५५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिगमा बायर्न म्युनिखले टोटनह्याममाथि ७–२ को फराकिलो जित निकालेको छ । समूह बी अन्तर्गत भएको खेलमा टोटनह्यामलाई लज्जास्पद हारको स्वाद चखाउन बायर्नका लागि नाब्रीले चार गोल गरे । 

जर्मन च्याम्पियन बायर्नविरुद्ध टोटनह्यामले सुरुवाती अग्रता लिएको थियो । खेलको १२ औं मिनेटमा सन ह्युङ मिङको गोलमा टोटनह्यामले अग्रता बनाएको थियो ।

तर यो अग्रता तीन मिनेटपनि टिक्न सकेन । खेलको १५ औँ मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई बराबरीमा पुर्‍याए । ४५ औं मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई २–१ ले अगाडि राखे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बायर्नले ५३ औँ मिनेटमा तेस्रो गोल गर्यो । उसका लागि नाब्रीले गोल गरे । त्यसपछि ५५ औँ मिनेटमा उनले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । 

हेरी केनले ६१ औँ मिनेटमा गोल गर्दै अन्तर ४–२ मा झारे पनि बायर्नले त्यसपछि तीन गोल थप्यो । उसका लागि ८३ औँ मिनेटमा नाब्री, ८७ औँ मिनेटमा लेवान्दोस्की र ८८ औँ मिनेटमा नाब्रीले नै गोल गरे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया