प्रहरीको भ्यानमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो

 असोज १५, २०७६ बुधबार ११:५५:१७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा प्रहरीको भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन् ।

दुर्घटनामा धनुषाको धनौजी गाउँपालिका–२ घर भइ जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर बस्ने १९ वर्षीय मनिष मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधबार बिहान साढे ८ बजे सरसफाइ कार्यक्रम गरेर फर्किँदै गरेको प्रदेश २ प्रहरी गणको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यानमा तीव्र गतिमा आउँदै गरेको अनटेस्ट २२० सीसीको पल्सर मोटरसाइकल जनकपुरको रामचोकमा ठोक्किएको प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक मण्डलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा मण्डलका घरबेटी नजुर अन्शारी घाइते हुनुभएको हो । उहाँको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको जनाएको छ । तीव्र गतिको मोटरसाइकल अनियन्त्रत भएर प्रहरीको भ्यानमा ठोक्किएको स्थानीयले बताएका छन् ।

मृतक मण्डलको शव पोष्टमर्टमको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । यता जिल्ला प्रहरी कार्यालयले प्रहरीको भ्यान चालक प्रहरी जवान सन्तबहादुर थापालाई नियन्त्रणमा लिएर घटना विषयमा अनुसन्धान गरिरहेको एसपी खनालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया