इन्टर मिलानमाथि बार्सिलोनाको कठिन जित

 असोज १६, २०७६ बिहिबार ६:५०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले पहिलाे जित निकालेको छ । समूहकाे पहिलाे खेलमा बराबरीमा राेकिएकाे बार्सिलाेनाले गए राति भएकाे खेलमा इटालियन क्लब इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदान नाेउ क्याम्पमा भएकाे खेलमा बार्सिलाेनाले इन्टर मिलानकाे एक गाेलकाे अग्रता उल्ट्याउन सफल भयाे । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुवै गाेल गरे ।

खेलको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । पहिलाे हाफमा एक गाेलले पछि परेकाे बार्सिलाेनाले दाेस्राे हाफमा २ गाेल गर्न सफल भयाे । उसका लागि दुवै गाेल लुइस स्वारेजले गरे ।

५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई बराबरीमा पुर्‍याए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो र टिमका लागि विजयी गाेल गरे ।

जारी च्याम्पियन्स लिगमा बार्सिलोनाको याे पहिलो जित हो । जितसँगै समूह एफ मा रहेकाे बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया