कमलको फूल टिप्न जाँदा तालमा डुबेर एकजनाको ज्यान गयो

 असोज २०, २०७६ सोमबार १७:७:४८ | राजु लामिछाने
unn.prixa.net

रुकुम - रुकुमपूर्वको प्रसिद्ध कमल तालमा डुबेर साेमबार एकजनाको ज्यान गएको छ ।

कमलकाे फूल टिप्ने क्रममा तालमा डुबेर ज्यान गुमाउनेमा सिस्ने गाउँपालिका वडा नम्बर ५ का ५२ वर्षीय रुद्र बहादुर हमाल रहेेकाेे जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । हमाल तालमा डुबेपछि वरपर खेलिरहेका बालकहरुले प्रहरीलाई खबर गरेका थिए ।

तालबाट निकाल्दा अचेत अवस्थामा रहेका हमाललाई उपचारको लागि स्वास्थ्यचौकी रुकुमकोटमा लगिएकाेमा उपचारकै क्रममा हमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया