अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
अर्घाखाँची - अर्घाखाँचीको नरपानीमा साेमबार भएकाे जीप दुघर्टनामा ज्यान गुमाउने तीनै जनाको परिचय खुलेकाे छ ।
ज्यान गुमाउनेमा अर्घाखाँचीको ढाकाबाङ्गका वर्षीय घनश्याम खनाल र उहाँकी श्रीमती ४१ वर्षीय श्यामकला खनाल तथा कपिलवस्तुको गोरुसिंगेका दीलिप अधिकारीको रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा खनाल दम्पतीका दुई छाेरीसहित ६ जना घाइते भएकाका तीमध्ये चारजनालाई उपचारको लागि बुटवल पठाइएको तथा बाँकी दुई जनाकाे जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धीखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको जीप नरपानीको भिरबाट खस्दा साेमबार दुर्घटना भएकाे थियाे ।