उदयपुरमा बसको ठक्करबाट पैदल यात्रुको ज्यान गयाे

 असोज २१, २०७६ मंगलबार ११:५५:५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरमा बसको ठक्करबाट मंगलबार एक जना पैदल यात्रीको ज्यान गएको छ ।

मंगलबार बिहान त्रियुगा नगरपालिका वडा नम्बर-५, देउरी चोकमा बाटाेमा हिँडिरहेका त्रियुगा नगरपालिका वडा नम्बर-१० बस्ने नारायण खड्कालाई गाइघाटबाट जलजले जाँदै गरेको बसले ठक्कर दिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका खड्कालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याए लगत्तै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख दिनेश चौधरीले बताउनुभयो ।

बस चालक र सहचालक बससहित फरार रहेकोले खोजी कार्य भइरहेको ट्राफिक प्रहरी प्रमुख चौधरीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया