पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
भोजपुर – हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
दुर्घटनामा हतुवागढी–४ खैराङ बस्ने मिलन राईको ८ वर्षीया छोरी गुराँसको ज्यान गएको हो । हतुवागढी गाँउपालिकाको घोरेटारबाट होम्ताङ जाँदै गरेको को २ ह ७६८६ को टेम्पो पल्टिँदा घाइते भएकी बालिकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा ज्यान गएको हो ।
टेम्पोमा सवार चार जनाको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते हुनेहरुमा हतुवागढी गाउँपालिकाकाकै ४ वर्षीया रितु राई, २१ वर्षीया रिका राई, वर्ष १२ को अनिम राई र टेम्पो चालक विजय राई रहेको प्रहरीले जनाएको छ ।